काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरुको घोषणापत्र शब्दहरुको थुप्रो मात्र भएको टिप्पणी गर्नुभएको छ ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले जनता अलमल्याउने गरी जादुगरी कुराहरु राखेर घोषणापत्र बनाएको आरोप लगाउनुभयो।
चुनावमा बेलमा ल्याउनैपर्ने भएकाले मात्र सत्तारुढ दलहरुले घोषणापत्र ल्याएको भन्दै ओलीले उनीहरुसँग कुनै योजना र कार्यक्रम नभएको आरोप लगाउनुभयो ।
४ मंसिरको चुनावबाट एमालेबाहेक अर्को कुनै पनि दल बलियो राष्ट्रिय शक्तिको रुपमा आउन नसक्ने ओलीले जिकिर गर्नुभयो ।