काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताउनुभएको छ । आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताउनुभयो।
आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताउनुभयो । यी कुरा जनताका अधिकार भएको भन्दै उहाँले अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताउनुभयो ।
उहाँले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबी समेत गर्नुभयो । जसले देशका बेथिति अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलीन गरिदिने उहाँले बताउनुभयो ।