काठमाडौं । आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलो पटक निर्वाचनमार्फत आफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बिहीबार(आज) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ । पार्टी सभापति रवि लामिछाने बिहान ११ बजे ‘वाचापत्र’ सार्वजनिक गर्नुहुने छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठुला दलले सार्वजनिक गरिसकेका छन् ।