काठमाडौं । देशका पहाडी भू–भागहरूमा बिहीवार(आज) बिहान आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज काठमाडौं उपत्यकामा छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । भोलि देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।