Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको बयान सकियो, आज थुनछेक बहस हुँदै

सन्दीप लामिछानेको बयान सकियो, आज थुनछेक बहस हुँदै

  • बुधवार, कार्तिक १६ २०७९

  • 713
    SHARES

  • सन्दीप लामिछानेको बयान सकियो, आज थुनछेक बहस हुँदै
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बुधवार(आज) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। हिजो सन्दीपले जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए। 
     
    सन्दीपको बयान हिजो नै सकिएको थियो। बयानका क्रममा सन्दीपले पीडित भनिएकी किशोरीले कसैको उक्साहटमा आफूविरुद्ध उजुरी दिएको बताएका छन्। प्रहरीलाई पनि इन्कारी बयान दिएका सन्दीपले अदालतमा पनि उस्तै विषयलाई दोहोर्‍याएका हुन्। 
     
    आज थुनछेक बहस सुरु हुने बताइएको छ। सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन्।  
     
    १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। 
     
    सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। 
     
    दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको माग दाबी गरिएको हो।
     
    पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटेलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी छन्। सन्दीपले आफूमाथि दुई पटक जबरजस्ती करणी गरेको पीडित युवतीले बयानमा उल्लेख गरेकी छन्। 
     
    सन्दीपले भने प्रहरीसँगको बयानका क्रममा बलात्कारको आरोप अस्वीकार गरेका छन्। पीडित युवतीसँग होटेलमा बसेको, तर बलात्कार नगरेको उनको दाबी छ।


    बुधवार, कार्तिक १६ २०७९०७:११:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij