Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • मंगलवार, कार्तिक १५ २०७९

  • 765
    SHARES

  • कस्तो रहला आजको मौसम ?
    काठमाडौं । देशभर मंगलवार(आज) मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशभरको मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
     
    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
     
    विभागका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


    मंगलवार, कार्तिक १५ २०७९०६:३३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij