Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

१२ वर्ष कैद मागदाबी गर्दै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता

१२ वर्ष कैद मागदाबी गर्दै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता

  • सोमवार, कार्तिक १४ २०७९

  • 562
    SHARES

  • १२ वर्ष कैद मागदाबी गर्दै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता

    काठमाडौं । किशोरीमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज अदालतमा अभियोग पत्र दायर गरेको हो।

    जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग पत्रमा सन्दीपविरुद्ध १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकृतले अदालतमा मुद्दा दर्ता भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार थुनछेक बहस भने भोलि (मंगलबार)देखि सुरु हुनेछ।


    सोमवार, कार्तिक १४ २०७९०१:२२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij