काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार(आज) चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । राप्रपाले बिहान साढे ११ बजे घोषणापत्र ल्याउन लागेको हो ।
बानेश्वरस्थित बानेश्वर ब्याङ्क्वेटमा घोषणापत्र सार्वजनिक गरिने राप्रपाले जनाएको छ । घोषणापत्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।