Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कार्यक्रमस्थलमै शशांक कोइराला बेहोस भएपछि...

कार्यक्रमस्थलमै शशांक कोइराला बेहोस भएपछि...

  • आइतवार, कार्तिक १३ २०७९

  • 782
    SHARES

  • कार्यक्रमस्थलमै शशांक कोइराला बेहोस भएपछि...

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी हुनुभएको छ ।

    नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी हुनुभएको हो । मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

    कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस हुनुभएको हो । स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    ‘उहाँ चुनावी कार्यक्रममा सहभागी हुँदा बेहोस हुनुभएको हो। मेडिकल कलेजमा उपचार भइरहेको छ, उहाँको अवस्था सामान्य छ,’ तिवारीले भन्नुभयो ।

    कोइरालाको होस फर्किसकेको छ।


    आइतवार, कार्तिक १३ २०७९०७:००:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij