Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विद्यालय निर्माण छुटेको भए भन्नुस् बहालवाला मन्त्री हुँ गरिदिन्छु : पौडेल

विद्यालय निर्माण छुटेको भए भन्नुस् बहालवाला मन्त्री हुँ गरिदिन्छु : पौडेल

  • मंगलवार, कार्तिक ८ २०७९

  • 609
    SHARES

  • विद्यालय निर्माण छुटेको भए भन्नुस् बहालवाला मन्त्री हुँ गरिदिन्छु : पौडेल

    काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले जित्ने दाबी गर्नुभएको छ।

    मंगलबार जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा भएको चुनावी सभामा उहाँले यस्तो बताउनुभएको हो ।

    पौडेलले मतपत्रमा हँसिया हथौडा र रुखमा मात्रै हेर्न मतदाताहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘कुरा सिधा छ, यो ठाउँमा सजिलो छ,तपाइँहरुको आँखा पक्कै अरु ठाउँमा जाने छैन, हँसिया हथौडा र रुख यी दुई वटा कुरा हेरे पुग्छ, यसरी गएमा निर्वाचनमा जित्नेमा कुनै समस्या छैन ।’

    उहाँले बागलुङमा धेरै विकासका काम गरेको बताउँदै अझै पनि छुटेका भौतिक संरचनाहरु निर्माण गर्ने बताउनुभयो ।

    ‘कतिपयले विद्यालय निर्माणमा छुटेको भन्ने छ,अहिले नै टिपेर दिनुस्, म यतिखेर बहालवाला मन्त्री छु, म समेट्ने प्रयास गर्ने छु,’ उहाँले भन्नुभयो ।


    मंगलवार, कार्तिक ८ २०७९०५:३८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij