Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरिँदै

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरिँदै

  • आइतवार, कार्तिक ६ २०७९

  • 639
    SHARES

  • कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरिँदै
    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र आइतबार(आज) सार्वजनिक गरिँदै छ । साँझ  ५ बजे भर्चुअल कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गर्ने तयारी छ ।
     
    आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र लेखिएको हो । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय समितिले घोषणापत्र तयार पारेको छ ।
     
    एक नेताका अनुसार घोषणापत्र लेखन समितिका संयोजक शर्मा अहिले झापामा हुनुहुन्छ । उहाँ झापाबाटै कार्यक्रममा सहभागी हुनुहुने छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टीका सभापति शेरबहादुर देउवा बालुवाटार तथा महामन्त्री गगन थापा र सह महामन्त्री जीवन परियार पार्टी केन्द्रीय कार्यालयबाट कार्यक्रममा सहभागी हुनुहुने छ ।
     
    समितिले विषयगत समिति बनाएर घोषणापत्रमाथि छलफल गरिएको थियो । यस्तै, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सुझाव मागिएको थियो । सबै विषयलाई समेटेर घोषणापत्र लेखिएको सह महामन्त्री परियारले जानकारी दिनुभयो ।
     
    डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, डा. कृष्णप्रसाद पौडेल, गेजा शर्मा वाग्लेजस्ता विषयगत विज्ञहरूले घोषणापत्र लेख्नुभएको हो ।


    आइतवार, कार्तिक ६ २०७९०४:३७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij