Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भोली देउवा, प्रचण्ड र नेपालले बुटवलमा प्रशिक्षण दिने

भोली देउवा, प्रचण्ड र नेपालले बुटवलमा प्रशिक्षण दिने

  • बिहिवार, कार्तिक ३ २०७९

  • 709
    SHARES

  • भोली देउवा, प्रचण्ड र नेपालले बुटवलमा प्रशिक्षण दिने

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार रुपन्देहीको बुटवल आउने भएका छन् ।

    पाँच दलीय गठबन्धनका अगुवा नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन शीर्ष नेताहरु बुटवल आउन लागेको माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिनुभयो । जिसीका अनुसार बुटवलको योगिकुटीस्थित एक होटलमा दिउँसो २ बजे प्रशिक्षण कार्यक्रम शुरु हुनेछ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रदेशभरिका एकहजार जना अगुवा नेता कार्यकर्ताहरु उपस्थित हुनेछन् ।

    शीर्ष नेताहरुले शुक्रबार दिउँसोसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सकेर हेलिकोप्टरमार्फत बुटवल आउने कार्यक्रम रहेको छ ।


    बिहिवार, कार्तिक ३ २०७९०४:४६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij