Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चुनाव प्रचारका लागि उम्मेदवारले प्रशासनसँग समय माग्नुपर्ने

चुनाव प्रचारका लागि उम्मेदवारले प्रशासनसँग समय माग्नुपर्ने

  • बिहिवार, कार्तिक ३ २०७९

  • 651
    SHARES

  • चुनाव प्रचारका लागि उम्मेदवारले प्रशासनसँग समय माग्नुपर्ने

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा अपनाउनु पर्ने निर्वाचन आचारसंहितामा कडाइ गरेको छ।

    अहिले उम्मेदवारहरु घर–दैलोमा छन्। प्रचारप्रसारका लागि आायोगले मौन अवधि सुरु हुनुभन्दा अघि १५ दिनको समय दिएको छ। आसन्न निर्वाचनका लागि उम्मेदवारले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ।

    यस्तै, उम्मेदवारहरुले प्रचारप्रसारमा जानुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनुपर्ने आयगेले जारी गरेको आचारसंहितामा उल्लेख छ। साथै, बाजागाजा तथा झाँकीसहित नजान र यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न पनि आचारसंहितामार्फत् आयोगले स्पष्ट पारेको छ।


    बिहिवार, कार्तिक ३ २०७९०३:०६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij