Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५०–५० लाख मतपत्र छापिए

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५०–५० लाख मतपत्र छापिए

  • बिहिवार, कार्तिक ३ २०७९

  • 450
    SHARES

  • प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि  ५०–५० लाख मतपत्र छापिए

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष) प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको बताएको छ। आयागले आफ्नो बुलेटिनमार्फत् दिएको जानकारीअनुसार प्रतिनिधि सभाको ५० लाख १३ हजार मतपत्र र प्रदेश सभातर्फको ५० लाख २४ हजार मतपत्रको छपाइ सकिएको बताएको छ।

    प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको आयोगले बताएको छ।

    प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ।


    बिहिवार, कार्तिक ३ २०७९०२:४३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij