काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले लकडाउन अवधीको ब्याज मिनाहा गर्न तर्फ सरकार र राष्ट्र बैकले थप पहल गर्नु पर्ने बताउनु भएको छ ।
नेपाली रेडियो नेटकर्कको कार्यक्रम अर्थ सम्वादमा बोल्दै, कटवालले मौद्रिक नीतिले ब्याज र साँवाको किस्ता तिर्ने विषयमा केही निर्णय गरेपनि लकडाउन र निषेधाज्ञा थपिदै गएकोले त्यो पर्याप्त नभएको उहाँको धारणा छ ।
यस्तै उहाँले समय अवधी मिलाएर लकडाउन खुकुलो बनाउँदै व्यवसाय सञ्चालनको वातावरण मिलाउन आग्रह गनुभयो ।
बिहान ११ बजेसम्म पसल खोल्दा कोराना संक्रमण नहुने त्यसपछि खोल्दा संक्रमण हुन्छ भनेर व्यवसाय बन्द गराउनु गतल भएको कटवालको भनाई छ ।
सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेर बस्दैमा कर्तव्य पूरा नहुने भन्दै उहाँले उद्योगी व्यवसायीका माग प्रति संवेदनशील बन्न सरकारलाई आग्रह गर्नु भयो ।
अध्यक्ष कटवालले अहिले व्यवसायिका चीनबाट नेपाल आएका १२ सय कन्टेनर केरुङ नाकामा एक वर्ष देखि अड्किएको जानकारी दिँदै त्यहाँ रोकिएका कन्टेनर ल्याउन पहल गर्न सरकारलाई आग्रह गर्नु भयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।
https://www.facebook.com/275669442804566/videos/357923835224596