काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एन.पी. साउदको संयोजकत्वमा गठित कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा ४८ जनालाई मनोनित गर्नु भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, विभागको उपप्रमुखमा लम्जुङका विष्णु धिताल र सचिवमा दोलखाकी विनिता अधिकारी मनोनित भएका हुन् ।
विभागको उपप्रमुखमा मनोनित भएका धिताल राजनीतिक र व्यसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने सचिवमा मनोनित अधिकारीदोलखाबाट प्रदेश सभा समानुपातिक उम्मेदवार, पि के क्याम्पसमा स्वबियु सभापतिभइसकेकी युवा नेतृ हुनुहुन्छ ।
यसैगरी सदस्यहरुमा खोटाङका पूर्व सांसद सर्वधन राई, नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका मुकेश काफ्लेलगायत रहेका छन्।
विभागमा मनोनित भएकाहरुको सम्पुर्ण विवरण निम्नानुसार छ ।
