Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय वाणिज्य बैंक सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा

राष्ट्रिय वाणिज्य बैंक सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा

  • बुधवार, कार्तिक २ २०७९

  • 452
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंक सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ।

    सर्लाही जिल्लाको मलंगवा नगरपालिका–९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो।

    वाणिज्य बैंकहरूमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी बैंकले यस अघि नै पहिलो बैंकको रूपमा बैंकिङ पहुँच पुर्‍याइरहेको छ।

    नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

    २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब रुपैयाँ र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७८–७९ मा बैंकको सेयरधनी कोष ३३ अर्ब ४८ करोड रुपैयाँ र कुल सम्पत्ति ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

    हाल बैंकले सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा दिइरहेको छ।


    बुधवार, कार्तिक २ २०७९०२:२२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij