Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

१४९ वटा जातलाई मधेशीको रुपमा परिभाषित गर्न आयोगको सिफारिस

१४९ वटा जातलाई मधेशीको रुपमा परिभाषित गर्न आयोगको सिफारिस

  • बुधवार, कार्तिक २ २०७९

  • 595
    SHARES

  • १४९ वटा जातलाई मधेशीको रुपमा परिभाषित गर्न आयोगको सिफारिस
    काठमाडौं । मधेशी आयोगले १४९ वटा जात र मुस्लिम–थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
     
    राष्ट्रपति कार्यालयमा पेस गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरूलाई मधेशीको रुपमा परिभाषित गर्न सिफारिस गरिएको छ।
     
    आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृतिमाथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लाहरूलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिस आयोगले जानकारी गराएको छ।
     
    जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आयोगले सिफारिस गरेको छ।
     
    आयोगले सप्तरी जिल्लाको सखादेश्वरी भगवती मन्दिरको संरक्षण तथा संवर्द्धन, नेपाल(भारत सीमामा देखा परेको विभिन्न आर्थिक तथा सामाजिक समस्याहरूको यथाशीघ्र निवारण, मिथिला पेन्टिङको अन्तर्राष्ट्रियकरण, नवलपरासीको त्रिवेणीधाम, कपिलवस्तुको तिलौराकोटलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न लगायत विभिन्न विषयहरू सिफारिस गरेको छ।
     
    आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगमा आएको उजुरीउपर आयोगले तुरुन्त प्रकृति हेरेर समाधान गर्नतर्फ लागेको र कतिपय उजुरीको अनुगमनमा आफैं पुगेर स्थानीय प्रहरी–प्रशासनलाई समाधान गर्न निर्देशन समेत दिएको बताउनुभएको छ । 


    बुधवार, कार्तिक २ २०७९०१:५६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij