Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘द भोइस’को ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्कोटाको जित

‘द भोइस’को ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्कोटाको जित

  • बुधवार, कार्तिक २ २०७९

  • 619
    SHARES

  • ‘द भोइस’को ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्कोटाको जित

    काठमाडौं । अमेरिकन रियालिटी टेलिभिजन सिरिज द भोइसको ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्कोटाले जित हासिल गरेकी छिन् ।

    यससँगै उनी द भोइसको नकआउटमा प्रवेश गरेकी छिन् । नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले ‘हाउ डिप इज योर लभ’ मा आफ्नो प्रस्तुती दिएकी थिइन् ।

    यसमा उनले दुई प्रतिस्पर्धी केसी र लिन्जीलाई हराएकी छिन् । यो दुईको जोडीलाई मेरिलियन्ड्स भनिएको छ । कोच जोन लिजेन्डको समूहबाट उनीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

    प्रस्तुती पछि परिजिताका लागि टिप्पणी दिँदै कोच ब्लेक सेल्टनले भने, ‘परिजिता १७ वर्षकी हुन् । तिम्रो भोइस यति युनिक र असाध्यै पावरफुल छ । परिजिता यहाँ यत्तिको आत्मविश्वासी भएर आएको नै मलाई मनपर्यो । मलाई तिम्रो प्रस्तुती र भोइस दुबै असाध्यै मनपर्यो । यदि मैले छान्नुपर्यो भने मैले परिजितालाई नै छान्नेछु । ’

    अर्की कोच क्यामिला क्याबेलोले पनि परिजिताको स्वरको असाध्यै तारिफ गरिन् । उनले भनिन्, ‘तिमी यो उमेरमा नै आफ्नो स्वरको मास्टर भइसकेकी छौ । तिमीले निकै सहज तरिकाले गाएको जस्तो सुनिन्छ । तिम्रो स्वर असाध्यै राम्रो छ । ’

    यस्तै अर्की कोच ग्वेन स्टेफनीले परिजिताले प्रस्तुती दिइरहँदा उनको व्यक्तित्व पनि बाहिर आइरहेको जुन असाध्यै राम्रो भएको बताइन् । उनले भनिन्, ‘तिम्रो स्वर निकै युनिक पनि छ । यसले मलाई ७० को दशकको सिङ्गर–सङ राइटरको याद दिलाइरहेको थियो । मलाई असाध्यै मनपर्यो । ’

    यस्तै अन्तिममा उनका आफ्नै कोच जोन लजेन्डले थपे, ‘परिजिता तिमी को हौ, त्यसमा तिमी राम्रोसँग कनेक्टेड भएको जस्तो देखिन्छ । यो उमेरमा तिम्रो यो परिपक्वता निकै अद्भूत छ । तिम्रो स्वर असाध्यै मिठो छ । तिम्रो स्वर आकर्षित गर्ने खालको छ ।’

    त्यसपछि उद्घोषकले ‘जोन, यो ब्याटलको बिजेता को हो त ? ’ भनेर सोधे । यसको जवाफमा उनले भने, ‘यो ब्याटलकी बिजेता हुन् परिजिता ।’

    त्यसपछि सबैले उनलाई भने, ‘परिजिता तिमी नकआटमा पुग्यौ । ’


    बुधवार, कार्तिक २ २०७९०१:४८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij