Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

राजनीतिक दल र उम्मेदवारलाई आयोगले दियो ७ बुँदे निर्देशन (विज्ञप्तिसहित)

राजनीतिक दल र उम्मेदवारलाई आयोगले दियो ७ बुँदे निर्देशन (विज्ञप्तिसहित)

  • बुधवार, कार्तिक २ २०७९

  • 438
    SHARES

  • राजनीतिक दल र उम्मेदवारलाई आयोगले दियो ७ बुँदे निर्देशन (विज्ञप्तिसहित)
    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयनका सन्दर्भमा ७ बुँदे निर्देशन दिएको छ । 
     
    आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी विज्ञप्तिमा लाभको पदमा  व्यक्तिबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिएर हिँड्ने लगायतका कार्य नगर्न निर्देशन दिनुभएको हो । 
     
    राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिएर निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्नेसमेत गरिएको टिप्पणी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
     
    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
     
    यस्तो छ ७ बुँदे निर्देशन:
     
    1.jpg
    2.jpg


    बुधवार, कार्तिक २ २०७९१२:४६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij