Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम, विष्णु पौडेललाई चुनौति

गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम, विष्णु पौडेललाई चुनौति

  • सोमवार, आश्विन ३१ २०७९

  • 758
    SHARES

  • गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम, विष्णु पौडेललाई चुनौति

    काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ ।

    कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो । यसअघि असोज २५ गते गुरुङको उम्मेदवारी उक्त कार्यालयले खारेज गरेको थियो ।

    निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ का निर्वाचन अधिकृत उदवीर नेपालीले सोमबार निकालेको सूचनामा गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गरिएको छ । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङले उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गरेका थिए ।

    ‘निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनि यस कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको हुँदा उक्त आदेश बमोजिम यस कार्यालयबाट निज उम्मेदवार राजु गुरुङको उम्मेदवार खारेज गर्ने यस कार्यालयको मिति २०७९–०६–२५ मा भएको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ’ निर्वाचन अधिकृतको कार्यालयको सूचनामा भनिएको छ ।


    न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।

     

    राजु गुरुङको उम्मेदवारी कायम भएसँगै नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई चुनौति थपिएको छ ।


    सोमवार, आश्विन ३१ २०७९०६:०९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij