Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, संविधानविद् भन्छन्– 'मन्त्री बन्न संविधानले दिँदैन'

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, संविधानविद् भन्छन्– 'मन्त्री बन्न संविधानले दिँदैन'

  • बिहिवार, भाद्र १८ २०७७

  • 2.6K
    SHARES

  • उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, संविधानविद् भन्छन्– 'मन्त्री बन्न संविधानले दिँदैन'

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । नेकपाको निर्णयसँगै उपाध्यक्ष गौतम अब राष्ट्रिय सभा सदस्य बन्ने निश्चित भएको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने एक पद अहिले रिक्त छ । उक्त पदमा गौतमलाई नेकपाले राष्ट्रिय सभा सदस्य चयन गर्न लागेको हो । आन्तरिक विवादको लामो रस्साकसीपछि आज बसेको नेकपा सचिवालय बैठकले गत आम निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो ।

    आजको बैठकमा पार्टीका केन्द्रीय उपाध्याक्ष वामदेव गौतलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।

    पार्टीको निर्णयसँगै उपाध्यक्ष वामदेव राष्ट्रिय सभामा सांसद बन्ने त पक्का भयो । तर उनको चाहना सांसद बन्ने मात्र होइन, मन्त्री नै बन्ने हो । वामदेवले प्रधानमन्त्री ओलीलाई मन्त्री भएर सहयोग गर्न तयार रहेको बताएका छन् ।

    तर राष्ट्रिय सभा सदस्य बने पनि उनी मन्त्री बन्न भने सहज छैन । गौतमले मन्त्री हुने इच्छा देखाए पनि उनलाई संवैधानिक अड्चनले छेक्ने देखिन्छ । संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति संसदको त्यही कार्यकालमा मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ ।

    अर्थात् गौतम प्रतिनिधि सभाको अर्को निर्वाचन नभएसम्म मन्त्री बन्न पाउने छैनन् ।  संविधानविद् भीमार्जुन आचार्यले वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा नदोहोर्याउने निर्णय गर्नु सकारात्मक रहेको बताउनुभएको छ ।

    साथै उहाँले प्रतिनिधि सभा निर्वाचनमा पराजित व्यक्तिलाई टेक्निकल्ली राष्ट्रिय सभामा लैजान संवैनिक हिसावले कुनै बाधा नभएपनि क्याबिनेटमै मन्त्रीको हैसियतमा नियुक्त गर्नु संविधानले सम्पूर्ण रुपमा रोक लागएको बताउनुभयो ।

    नेकपाकै अर्का नेता नारायाणकाजी श्रेष्ठलाई समेत संविधानको यही व्यवस्थाले मन्त्री बन्न रोकेको छ । श्रेष्ठ पनि गत चुनावमा गोरखा –२ बाट जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

    यस्तै प्रमुख विपक्षी दलले पनि यसले प्रजातन्त्रको खिल्ली उडाएको टिप्पणी गरेका छन् । प्रजातान्त्रिक प्रक्रियामा पराजित व्यक्तिले एक कार्यकालका लागि पराजित भइसकेपछि अर्को बिजयका लागि धैर्य गरेर काम गर्नुपर्ने कांग्रेस नेता डा. चन्द्र भण्डारीको भनाइ छ ।

    यता, नेकपाकै नेताहरू राष्ट्रिय सभा सदस्य बने पनि गौतम मन्त्री बन्न नसक्ने तर्क गर्छन् । 


    बिहिवार, भाद्र १८ २०७७०८:५९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij