Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सीपीएल क्रिकेटमा सन्दीप आवद्ध जमैका र प्याट्रियट्स भिड्दै

सीपीएल क्रिकेटमा सन्दीप आवद्ध जमैका र प्याट्रियट्स भिड्दै

  • बिहिवार, भाद्र १८ २०७७

  • 955
    SHARES

  • सीपीएल क्रिकेटमा सन्दीप आवद्ध जमैका र प्याट्रियट्स भिड्दै

    एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा आज आठौं खेल खेल्दैछ।

    ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले आठौं खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ ।

    ब्रायन लारा स्टेडियममा प्याट्रियट्सविरुद्ध मैदान उत्रदा जमैका चौंथो जितको खोजीमा हुनेछ। प्याट्रियट्स भने दोस्रो जितको खोजीमा रहेको छ।
    नेपाली क्रिकेटर सन्दीप प्याट्रियट्सविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ । सन्दीपले यस सिजन निकै उत्कृष्ट बलिङ गर्दै आएका छन् । सन्दीप ७ खेलमा १० विकेट लिन सफल भएका छन्।


    बिहिवार, भाद्र १८ २०७७०३:१७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij