Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जसपाको बदला : मधेश सरकारबाट कांग्रेस, माओवादी र एसका सबै मन्त्री बर्खास्त गर्ने तयारी

जसपाको बदला : मधेश सरकारबाट कांग्रेस, माओवादी र एसका सबै मन्त्री बर्खास्त गर्ने तयारी

  • शुक्रवार, आश्विन २८ २०७९

  • 733
    SHARES

  • जसपाको बदला : मधेश सरकारबाट कांग्रेस, माओवादी र एसका सबै मन्त्री बर्खास्त गर्ने तयारी
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेश सरकारमा रहेका अरू दलका मन्त्रीलाई हटाउने तयारी गरेको छ । 
     
    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जपाबाट मन्त्री बनेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई पदमुक्त गर्नुभएको थियो । 
     
    जसपाका प्रवक्ता मनिष सुमनले मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट रहेका मन्त्री हटाउने बारेमा परामर्श भइरहेको बताउनुभयो । 
     
    मधेस प्रदेश सरकारमा काँग्रेसका ३, माओवादीबाट २ र समाजवादी पार्टीबाट ३ जना मन्त्री छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा बाहेक दलका तर्फबाट मन्त्री बनेकाहरूलाई हटाइने र यो स्वभाविक भएको प्रतिक्रिया दिनुभयो । 
     
    यता जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले भने शुक्रबार(आज) दिनभरमा पनि कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले साँझ नै बर्खास्त गर्ने तयारी गरेको बताउनुभयो ।
     
     
     


    शुक्रवार, आश्विन २८ २०७९०१:२१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij