काठमाडौं । देशभर थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१ हजार ७८६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४५ र १ हजार ६१ एन्टीजेन विधिबाट परिक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा २१ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।