Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बाँकेका ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना मुक्त

बाँकेका ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना मुक्त

  • बिहिवार, भाद्र १८ २०७७

  • 983
    SHARES

  • बाँकेका ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना मुक्त
    बाँके । बाँकेका ८८ वर्षका वृद्धले कोरोना जितेका छन् । बाँके जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दा प्रसाद कुर्मी बिहीबार कोरोना जितेर घर फर्किनुभएको हो ।
    स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालमै  ८८ वर्षका व्यक्तिले कोरोना जितेको यो पहिलो घट्ना हो। खजुरास्थित क्षेत्रीय कृषि तालिम केन्द्र खजुरा खाइसोलेसनमा रहेका  बर्माले डिस्चार्ज हुने क्रममा जडिबुडिको प्रयोगले कोरोना मुक्त भएको जानकारी दिनुभयो।
    बर्मा कोरोना संक्रमण पुष्टि भएपछि लट्ठको सहारामा गाडीमा चढेर आइसोलेसनमा जानुभएको थियो। तर बिहिबार डिस्चार्ज हुने बेला उहाँ पहिलेको भन्दा स्वास्थ्य देखिएको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले बताउनुभयो।
    डिस्चार्ज भएका उहाँसहितलाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले खादा ओढाउँदै बिदाई गर्नुभएको थियो । बर्मालाई भाद्र ४ गते संक्रमण पुष्टि भएको थियो । उहाँसंगै बिहीबार बाँकेकामा २४ जना डिस्जार्च भएका छन् । कृषि तालिम केन्द्रबाट मात्रै २ महिलासहित ५ जना डिस्चार्ज भएका छन् ।

     


    बिहिवार, भाद्र १८ २०७७१२:१५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij