Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एसईई परिक्षा चैत दोस्रो हप्ता, नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने

एसईई परिक्षा चैत दोस्रो हप्ता, नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने

  • बिहिवार, आश्विन २७ २०७९

  • 516
    SHARES

  • एसईई परिक्षा चैत दोस्रो हप्ता, नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो ।

    कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण (कक्षा १० को परीक्षाको लागि) कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ ।

    त्यस्तैगरी, राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण पठाउनेछ ।

    कार्यतालिका अनुसार पुरक परीक्षा सञ्चालन २०८० को साउन अन्तिम हप्ता हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेसन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका प्रकाशन गर्ने बोर्डले जनाएको छ ।


    बिहिवार, आश्विन २७ २०७९१२:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij