Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • बिहिवार, आश्विन २७ २०७९

  • 559
    SHARES

  • सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतले असोज २० गतेबाट गणना हुने गरी सात दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप पाँच दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो ।

    गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

    अधिवक्ता सरोज घिमिरेले अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप सात दिनको समय माग गरे पनि अदालतले आज थप पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको बताउनुभयो ।

    अधिवक्ता घिमिरेले अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले यो मुद्दा एक व्यक्तिसँग मात्र नभइ संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नको लागि तीन दिनको म्याद थप्न आग्रह गरे पनि अदालतले पाँच दिनको म्याद थपि अनुसन्धानका लागि समय दिएको जानकारी दिनुभयो ।

    १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।


    बिहिवार, आश्विन २७ २०७९१२:३३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij