Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भावी प्रधानमन्त्री म हुँ : शशांक कोइराला

भावी प्रधानमन्त्री म हुँ : शशांक कोइराला

  • आइतवार, आश्विन २३ २०७९

  • 743
    SHARES

  • भावी प्रधानमन्त्री म हुँ : शशांक कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गर्नुभएको छ ।

    नवलपुर १ मा चौथोपटक उम्मेदवारी दर्ता गर्दै नेता कोइरालाले आफू प्रधानमन्त्रीको लागि चुनाव लडेको बताउनुभयो ।

    कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताउनुभयो । पार्टीले निर्णय गर्ने विषय भएपनि आफू यो पटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताउनुभयो ।

    कोइरालासँग एमालेबाट संविधानसभा सदस्य कृष्ण पौडेलले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। कोइराला २०६४, २०७० र २०७४ तीनवटै चुनावमा यही क्षेत्रबाट जितेका थिए ।


    आइतवार, आश्विन २३ २०७९०३:५७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij