Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले दर्ता गराए चितवन– २ बाट  उम्मेदवारी

रवि लामिछानेले दर्ता गराए चितवन– २ बाट  उम्मेदवारी

  • आइतवार, आश्विन २३ २०७९

  • 814
    SHARES

  • रवि लामिछानेले दर्ता गराए चितवन– २ बाट  उम्मेदवारी
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ। लामिछानेले आइतबार दिउँसो भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुभएको हो।
     
    यसअघि रवि चितवन–३ बाट उठ्ने चर्चा थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उक्त ठाउँबाट उम्मेदवार हुने सम्भावना रहेका बेला केही दिनअघि लामिछाने चितवन–३ अन्तर्गत पर्ने माडी गएर कार्यक्रम पनि गर्नुभएको थियो।
     
    तर माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवनबाट नभएर गोरखाबाट उठ्ने र माओवादीले चितवन–३ मा गठबन्धनका उम्मेदवारका रूपमा डा. भोजराज अधिकारीलाई उठाउने निर्णय गरेपछि रविले चितवन–२ रोज्नुभएको हो ।
     
    चितवन–२ मा एमालेबाट कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार हुनुहुन्छ।


    आइतवार, आश्विन २३ २०७९०३:१३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij