Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ब्राजिली स्टार नेयमारलाई कोरोना संक्रमण

ब्राजिली स्टार नेयमारलाई कोरोना संक्रमण

  • बिहिवार, भाद्र १८ २०७७

  • 1.1K
    SHARES

  • ब्राजिली स्टार नेयमारलाई कोरोना संक्रमण

    एजेन्सी । ब्राजिली स्टार नेयमार सहित पेरिस सेन्ट जर्मेनका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

    पिएसजी का फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको बताईएको छ । पीएसजीले समेत आफ्ना तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ ।

    ‘परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका छन् ।’ क्लबले भनेको छ ।

    युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।

    कोरोनाकै महामारीका कारण नयाँ सिजन समेत प्रभावित बनेको छ । लिगको पहिलो खेलमै कोरोनाका कारण स्थगित गर्नुपरेको थियो ।
    कोरोनाले लिग प्रभावित बनेपछि पीएसजीलाई गत सिजनको लिग उपाधि हस्तान्तरण गरिएको थियो ।

     


    बिहिवार, भाद्र १८ २०७७०६:२८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij