Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी मनोनयन गर्नुहोस् : निर्वाचन आयोग

समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी मनोनयन गर्नुहोस् : निर्वाचन आयोग

  • शनिवार, आश्विन २२ २०७९

  • 491
    SHARES

  • समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी मनोनयन गर्नुहोस् : निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

    निर्वाचन आयोगमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गर्नुभएको हो ।

    ुउम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान तथा विद्यमान कानुनको व्यवस्था तथा मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आयोग विशेष आग्रह गर्दछ, प्रमुख आयुक्त थपलियाले भन्नुभयो।

    आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि समय दिएको छ ।

    मनोनयन दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाएको जानकारी दिँदै प्रमुख आयुक्त थपलियाले दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदातासमक्ष पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आयोगको तर्फबाट आह्वानसमेत गर्नुभयो ।

    आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतहरुको कार्यालय र ८८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिसकेको छ । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ४३ दिन बाँकी छ ।


    शनिवार, आश्विन २२ २०७९०५:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij