Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आगामी निर्वाचन दुईपक्षीय गठबन्धनबीच हुने तय, अन्ततः एमाले साना दलहरूलाई फकाउँदै, लोसपा सत्ता गठबन्धनसँग नजिकियो (खास खबर)

आगामी निर्वाचन दुईपक्षीय गठबन्धनबीच हुने तय, अन्ततः एमाले साना दलहरूलाई फकाउँदै, लोसपा सत्ता गठबन्धनसँग नजिकियो (खास खबर)

  • शुक्रवार, आश्विन २१ २०७९

  • 951
    SHARES

  • आगामी निर्वाचन दुईपक्षीय गठबन्धनबीच हुने तय, अन्ततः एमाले साना दलहरूलाई फकाउँदै, लोसपा सत्ता गठबन्धनसँग नजिकियो (खास खबर)
    काठमाडौं । सत्तारुढ गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्ने बताइरहेको नेकपा एमालेले गठबन्धन बनाएर जाने गरी अगाडि बढेको छ । कांग्रेस–माओवादीसहित पाँच दलीय गठबन्धनलाई अप्राकृतिक गठबन्धन भन्दै आएको नेकपा एमाले जनता समाजवादी पाटी जसपासँग सहकार्य गर्ने निष्कर्षमा पुगेको हो ।  उम्मेदवारी मनोनयन दर्ताका लागि २ दिन बाँकी रहँदा एमाले सत्तारुढ जसपासँग सिट बाँडफाँडमा सहमति नजिक पुग्न लागेको छ ।  
     
    सत्ता गठबन्धनबाट जसपा अलग भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नजिक भएको छ । जसपाले सत्ता गठबन्धनसँग दाबी गरेको कम्तीमा २० सिट नपाएपछि बार्गेनिङ गरेको हो । 
     
    पाँच दलीय गठबन्धनमा आबद्ध जसपाका अध्यक्ष उपेन्द्र यादवको टोलीसँग एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरूले गरेको वार्ता ‘निर्णायक अवस्था’मा पुगेको र आजै रातिसम्म सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको एमाले नेता महेश बस्नेतको दाबी छ ।
     
    सत्ता गठबन्धनमा मागेअनुसार सिट नपाएपछि भड्किएको जसपालाई एमालेले आकर्षक प्रस्ताव गरेको छ ।  प्रतिनिधिसभातर्फ २५ र त्यही अनुपातमा प्रदेशमा जसपालाई सिट छोड्न एमाले तयार भएपछि सहमतिको वातावरण बनेको हो ।
     
    जसपा एमालेतिर नजिकिएपछि आज सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबिचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ । चुनावी गठबन्धनका लागि छलफल गर्न आज लोसपा नेपालका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । छलफलमा उनीहरूले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ । 
     
    लोसपाले अहिले पनि एमाले र गठबन्धन दुवैतिर बार्गेनिङ गरिरहेको छ । आज बिहान लोसपा नेता लक्ष्मणलाल कर्णले आफूहरू एमाले सँगै सहमति गरेर अगाडि बढ्ने बताइरहनु भएको थियो । जसपा एमालेतिर नजिकिएपनि लोसपालाई रिस नभएको उहाँको भनाई छ ।
     
    सत्तारुढ गठबन्धनको प्रमुख घटक जसपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी गरिरहेका वेला लोसपा बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको रुपमा बुझिएको छ । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले राजनीतिमा कुन दलले कुन सिट जित्ने भन्ने आधारमा जुन दल जता पनि जान सक्ने सम्भावना अन्तिमसम्म रहने बताउनुहुन्छ ।
     
    सिट बाँडफाँटका लागि एक दल अर्को सँग नजिकिरहेको अवस्थामा यतिबेला राजनीतिक सिद्धान्त भन्दा पनि चुनाव जित्ने रणनीतिमा जो जहाँ पनि मिल्न सक्ने गरी अगाडि बढेको देखिएको छ । 
     


    शुक्रवार, आश्विन २१ २०७९०८:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij