Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

राप्रपाले टुंग्यायो उम्मेदवारको नाम, एमालेसँग तालमेलका लागि छलफल जारी

राप्रपाले टुंग्यायो उम्मेदवारको नाम, एमालेसँग तालमेलका लागि छलफल जारी

  • शुक्रवार, आश्विन २१ २०७९

  • 997
    SHARES

  • राप्रपाले टुंग्यायो उम्मेदवारको नाम, एमालेसँग तालमेलका लागि छलफल जारी
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ ।
     
    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्यसमितिले दुवै निर्वाचनका लागि पठाएका करिब ७०० उम्मेदवार मध्येबाट प्रतिनिधि सभामा १६५ र प्रदेशसभामा ३३० उम्मेदवार केन्द्रले छनोट गरेको छ ।
     
    विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ ।
     
    समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुन सक्नेछ । त्यसरी तालमेल भएमा केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
     
    राप्रपा र नेकपा एमालेको शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट संख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्यसमितिले केही उम्मेदवारका नाम परिवर्तन गर्नेछ । दुवै पार्टीका अध्यक्षबीच शुक्रबार(आज) भेट गरी तालमेलमा सिटको टुंगो लगाउने कार्यतालिका छ ।   
     
    जिल्ला निर्वाचन कार्यालयमा असोज २३ गते जिल्ला कार्यसमितिले केन्द्रसँग समन्वय गरी उम्मेदवारको नाम दर्ता गराउने छ ।


    शुक्रवार, आश्विन २१ २०७९०३:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij