Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सचिवालय बैठकका एजेण्डाबारे बालुवाटारमा छलफल गर्दै ओली र प्रचण्ड

सचिवालय बैठकका एजेण्डाबारे बालुवाटारमा छलफल गर्दै ओली र प्रचण्ड

  • बुधवार, भाद्र १७ २०७७

  • 1.2K
    SHARES

  • सचिवालय बैठकका एजेण्डाबारे बालुवाटारमा छलफल गर्दै ओली र प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र अर्का अध्यक्षबीच बालुवाटारमा अहिले छलफल भइरहेको छ । बिहीबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच आज छलफल भइरहेको हो ।

    सचिवालय बैठकका एजेण्डाबारे छलफल गर्न ओली–प्रचण्डबीच बैठक बसेको बताइएको छ । यसअघि भदौ १३ गतेका लगि तय भएको सचिवालय बैठक नेताहरु ईश्वर पोखरेल र रामबहादुर थापा होम क्वारेन्टिनमा बसेका कारण सारिएको थियो ।

    बिहीबारको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन र राष्ट्रिय सभामा पठाउने सांसदको बारेमासमेत छलफल हुने बताइएको छ ।


    बुधवार, भाद्र १७ २०७७०६:०३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij