Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा 

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा 

  • सोमवार, आश्विन १७ २०७९

  • 668
    SHARES

  • प्रतिनिधिसभा चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा 
    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गर्नुभएको छ । भट्टराईले आज सामाजिक संजाल फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराउनुभएको हो ।
     
    ‘२०६४, २०७० र २०७४ (साल) को संविधान सभा र प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यू भाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाबुरामले भन्नुभएको छ, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’
     
    आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नेसपाका उम्मेदवारहरू माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा) बाट चुनावमा उठ्ने पनि सहमति भएको छ । 
     
    गोरखा २ बाट यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गर्नुभएको छ । प्रचण्डले बाबुरामसँगकै सल्लाहमा चितवन–३ छाडेर गोरखा–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरेको सत्ता गठबन्धन र माओवादी केन्द्रका नेताहरूले बताउने गरेका छन् । 
     
    चुनाव नउठ्ने घोषणा गरेको सामाजिक सञ्जालको सन्देशमा बाबुरामले गोरखाली जनताले आफूभन्दा पनि  अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने बताउनुभएको छ । 
     


    सोमवार, आश्विन १७ २०७९०३:५८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij