Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

२४ घण्टा नबित्दै आठजना कोरोना संक्रमितको मृत्यु

२४ घण्टा नबित्दै आठजना कोरोना संक्रमितको मृत्यु

  • बुधवार, भाद्र १७ २०७७

  • 1.5K
    SHARES

  • २४ घण्टा नबित्दै आठजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टा नबित्दै नेपालमा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच, भैरहवामा दुई र वीरगञ्जमा एक जनाको मृत्यु भएको हो ।

    त्यस्तै, तनहुँका एक पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यसैगरी, ललितपुरको पाटन अस्पतालमा भक्तपुरका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    यस्तै, भदौ ९ गते अस्पताल भर्ना भएका धादिङका ४७ वर्षका अर्का पुरुष र १३ गते भर्ना भएकी ललितपुर सातदोबाटोकी ७० वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

    यसैगरी, रुपन्देहीको भीम अस्पतालमा पनि पश्चिम नवलपारासीको रामग्राम नगरपालिका–५ परासीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो ।

    साथै, बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको निधन भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

    यता, वीरगञ्जको गण्डक अस्पतालमा बाराको सिम्रौनगढ नगरपालिका–९ बसबरियाटोलका ९७ वर्षका वृद्धको मृत्यु भएको हो ।

    त्यसैगरी, पर्सा र बारामा थप नयाँ कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसका साथै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा गरिएको परीक्षणमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।
    उता, गण्डकी प्रदेशमा थप ३५ जना संक्रमित पुष्टि भएको छ ।

    यसैगरी, चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । साथै, सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

     


    बुधवार, भाद्र १७ २०७७०३:०५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij