काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड कमिशन प्रकरणबारे बुझ्न भन्दै विजयप्रकाश मिश्रलाई सात दिने अल्टिमेटम दिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो ।
अख्तियारले आज जारी गरेको सार्वजनिक सूचनामा कमिशन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।
तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम कारवाही हुने अख्तियारले जनाएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । सो अडियो मिश्रले नै गोप्यरुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ ।