Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

थप १९ जनामा कोरोना पुष्टि, ९ सय २५ सक्रिय संक्रमित

थप १९ जनामा कोरोना पुष्टि, ९ सय २५ सक्रिय संक्रमित

  • शनिवार, आश्विन १५ २०७९

  • 591
    SHARES

  • थप १९ जनामा कोरोना पुष्टि, ९ सय २५ सक्रिय संक्रमित

    काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ३३२ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १९ जनाको नतिजा पोजिटिभ आएको हो ।

    ५९१ नमुनाको पीसीआर परीक्षण गर्दा १७ र ७४१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

    हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ९६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८६ हजार ८१६ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९२५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


    शनिवार, आश्विन १५ २०७९०४:५२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij