Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारलाई जनताको छैन चिन्ता, भागबन्डाको खिचातानीमै व्यस्त (खास खबर)

सरकारलाई जनताको छैन चिन्ता, भागबन्डाको खिचातानीमै व्यस्त (खास खबर)

  • शुक्रवार, आश्विन १४ २०७९

  • 566
    SHARES

  • सरकारलाई जनताको छैन चिन्ता, भागबन्डाको खिचातानीमै व्यस्त (खास खबर)

    काठमाडौं । मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरू सिटको खिचातानीमै अलमलिइरहेका छन् । हरेक पार्टीमा सिट बाँडफाँडका लागि अहिले रडाको रहेको छ । डेंगुबाट जनताले दुःख पाइरहँदा सरकार राजनीतिमै रुमल्लिइरहेको छ । नेताहरूलाई सिट लिन हारालुछ रहेको छ ।

    मुख्य पर्व दसैँ भित्रिएको छ । जनता आफ्नो घरसम्म पुग्न अनेक वाधा अड्चन झेल्दै आर्थिक अभावका बिच जेनतेन बाटो लागेका छन् । सबैतिर महँगीले छोएको छ । सहुलियतको त के कुरा पैसा तिरेर पनि जनताले पाउनुपर्ने सेवा पाएका छैनन् ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हरेक पार्टीमा नेता व्यवस्थापनको चिन्ता रहेकाले राष्ट्र र जनताको चिन्ता गर्ने कोही नभएको बताउनुहुन्छ । राजनीतिमा नैतिकता र ईमान्दारीताको खडेरी भएको भन्दै जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर राजनीति हुनुपर्नेमा त्यसो नभएको उहाँको तर्क छ ।

    डेंगु ले जनता छटपटिएका छन् । सिटामोल समेत समयमा पाउन नसकेको अवस्था छ ।यस्तो वेला सरकार संवेदनशील हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । जुन सरकार आए नि सरकारलाई जनताको चिन्ता कहिल्यै पनि नभएको विश्लेषक डाक्टर सुरेन्द्र केसीको भनाई छ । राजनीतिले सामाजिक दायित्व बोध नगरेर अहिलेको स्थिति उत्पन्न भएको केसीको तर्क छ ।

    राजनीति जब समाजसेवा हुँदैन कमाउको विषय बन्छ त्यहाँ संवेदनशीलता हराएर जाने कसीको भनाई छ । सरकारमा जो पनि आए गए राष्ट्र र जनतालाई केन्द्रमा कसैले राखेनन् खाली आफ्नो दुनो मात्र सोझाउन व्यस्त भएका छन् ।

    नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले जनताप्रति सरकारको पटक्कै वास्ता नभएको भन्दै ध्यान आफ केन्द्रित भएको बताउनुहुन्छ ।

    जनता बिचल्लीमा परेका बेला जनताको मर्म नबुझ्ने सरकार र राजनीतिक दल अव कुन मुख र एजेण्डा लिएर चुनावमा तिनै जनताका आँगनमा पुग्लान् सोचनीय विषय बनेको छ ।


    शुक्रवार, आश्विन १४ २०७९०८:२०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij