Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई डेंगु संक्रमण

रवि लामिछानेलाई डेंगु संक्रमण

  • बिहिवार, आश्विन १३ २०७९

  • 714
    SHARES

  • रवि लामिछानेलाई डेंगु संक्रमण
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई डेंगुको संक्रमण देखिएको छ । सञ्चारकर्म छाडेर राजनीतिमा होमिनुभएका रवि पछिल्लो समय संगठन विस्तारका क्रममा देश दौडाहामा रहनुभएको छ । देश दौडाहामा रहेकै बेला आफूलाई डेंगुको संक्रमण देखिएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ। 
     
    बिहीबार(आज) दिउँसो उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाइका लक्षण देखिन थालेको थियो । आज परीक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरूमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु  ।’
     
    उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिनुभएको छ ।
     


    बिहिवार, आश्विन १३ २०७९०२:४६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij