Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

  • बिहिवार, आश्विन १३ २०७९

  • 555
    SHARES

  • हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को ४१ औं त्रैवार्षिक महासभालाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।

    क्यानडाको मड्रियल शहरमा जारी महासभामासम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभयो।

    आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताउनुभयो।
    उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिवद्धता रहेको मन्त्री श्रेष्ठले बताउनुभयो।

    नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको भन्दै उनले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभयो।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो।


    बिहिवार, आश्विन १३ २०७९०१:३३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij