Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

डेंगी नियन्त्रण गर्ने औषधि आयो, स्थानीय सरकार मार्फत् प्रयोग गर्न विज्ञको सुझाव

डेंगी नियन्त्रण गर्ने औषधि आयो, स्थानीय सरकार मार्फत् प्रयोग गर्न विज्ञको सुझाव

  • बुधवार, आश्विन १२ २०७९

  • 761
    SHARES

  • डेंगी  नियन्त्रण गर्ने औषधि आयो, स्थानीय सरकार मार्फत् प्रयोग गर्न विज्ञको सुझाव

    काठमाडौं। डेंगी फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनाषक औषधि नेपाल भित्रिएको छ । भारतको अजय बायोटेकले उत्पादन गरेको 'बायोडाट - एम' नामक किटनाषक औषधि नेपाल भित्र्याइएको हो ।

    देशभर डेंगीले प्रकोपको रुप लिईरहेका बेला भित्रिएको यो किटनाषक औषधिलाई महत्वका साथ हेरिएको छ ।

    काठमाडौमा बुधबार आयोजित कार्यक्रममा अजय बायोटेक भारतका नेपाल प्रतिनिधि रुनाल तामाङले यो औषधि भारतमा निकै प्रभावकारी भएको बताउदै औषधिले गर्ने कामका बारेमा जानकारी दिनुभयो।

    उहाँले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाले मान्यता दिएको यो विषादी नेपालमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात तथा प्रयोग अनुमति (लाइसेन्स) दिएको बताउनुभयो।

    यो विषादीले डेंगी फैलाउने लामखुट्टेको लार्भा र प्युपालाई नष्ट गर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा परीक्षण सफल भएको समेत दावी गर्नुभयो। उहाँले १ लिटर पानीमा ३५ देखि ४० ग्राम 'बायोडाट एम' मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताउनुभयो।

    लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एक प्रकारको टक्सीड निस्किएर लार्भा मर्ने त्रिभुवन विश्वविद्यालयका सह - प्राध्यापक अच्युत अधिकारीले बताउनुभयो।

    विश्व स्वास्थ्य संगठनले किटजन्य वस्तु नष्ट गर्न अनुमती दिएका कारण यो प्रविधि सुरक्षित रहेको समेत अधिकारीले दावी गर्नुभयो। ‘यो मृत्यु भएका लार्भाहरुबाट निर्मित भएको हुँदा किटजन्य जीवलाई मात्र असर गर्ने वैज्ञानिक पुष्टि भएको हो,’ उहाँले भन्नुभयो, ‘यसले जीव तथा मानिसमा असर गर्दैन् ।’ 

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशकद्धय डा. जिडी ठाकुर र डा. बाबुराम मरासिनीले पनि नेपालमा ल्याउँदै गरेको विषादीको प्रभावबारेमा बाल्नु भएको थियो । 

    डा. ठाकुरले महामारीको रुप लिदै गएको डेंगी फैलाउने स्रोत नष्ठ गर्नका लागि यो विषादी प्रयोग गर्न उपयुक्त हुने बताउनुभयो। "यो औषधी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो मातहतका क्षेत्रमा व्यापक मात्रामा प्रयोग गरेमा लामखुट्टे नियन्त्रण भई डेङ्गुको सङ्क्रमण पनि स्वतः नियन्त्रण हुनेछ" उहाँले भन्नुभयो। 

    अर्का डा. मरासिनीले फैलिरहेको डेंगी नियन्त्रणका लागि सम्वेदनशील नभएको आरोप लगाउनुभयो। उहाँले बायोडाट एम नामक यो विषादी सरकारले लिएर जोखिमयुक्त ठाँउमा छर्कनुपर्ने बताउनुभयो। लार्भा मार्नु नै डेंगी न्युनिकरण गर्ने अहिलेसम्मको सबैभन्दा प्रभावकारी उपाय भएकोले सबै तहका सरकारले यो औषधी खरिद गरेर लर्भा मार्ने अभियान चलाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

    सफल स्वास्थ्य सेवा प्रालिले अहिलेको डेंगी प्रकोप निन्त्रणका लागि स्थानीय तहसंग समन्वय गरेर यो विषादी उपलव्ध गराउने तयारीमा लागेको बताएको छ। यो bio larvicide नै डेंगी नियन्त्रणका लागि सबैभन्दा उपयुक्त उपाय हो भन्ने कुरा डेङ्गु नियन्त्रण राष्ट्रिय निर्देशिका २०१९ मा पनि उल्लेख गरिएको छ। 


    बुधवार, आश्विन १२ २०७९०७:५०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij