Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा महिलालाई मतदानको अधिकार मंगलादेवीले ल्याएको हो : नेता सिंह

नेपालमा महिलालाई मतदानको अधिकार मंगलादेवीले ल्याएको हो : नेता सिंह

  • बुधवार, भाद्र १७ २०७७

  • 1.0K
    SHARES

  • नेपालमा महिलालाई मतदानको अधिकार मंगलादेवीले ल्याएको हो :  नेता सिंह

    काठमाडौँ । नेपालमा महिलाहरुलाई मताधिकारको व्यवस्था स्वर्गिय मंगलादेवी सिंहका कारण लागु भएको उहाँका पुत्र तथा काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले बताउनु भएको छ ।

    मंगला देवी स्मृती प्रतिष्ठानको आयोजनामाउहाँको २४औं स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा उहाँले शुरुमा पुरुषहरुलाई मात्रै मताधिकारको व्यवस्थारहेकोमा उहाँकै माग र दवाव अनुसार महिलालाई मताधिकारको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    निर्वाचित व्यक्तिले महिलामाथी पनि शासन गर्ने भएकाले महिलाले पनि मताधिकार पाउनु पर्ने माग मंगालादेवीले शिर्ष नेताहरुसँग राखेपछि त्यस्तो व्यवस्था भएको सिंहले बताउनुभयो ।

    त्यसैगरी महिला र पुरुषको अधिकार बराबर हुनु पर्ने, आन्दोलनमा महिलाहरुको योगदान पनि धेरै रहेकोले महिलाहरुलाई मताधिकार हुनुपर्ने माग उहाँले राखेको नेता सिंहले स्मरण गर्नुभयो ।

    कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यद्धय एनपी साउद र डा. चन्द्र भण्डारीले महिला शसक्तिकरणबाट मात्रै लोकतन्त्र बलियो हुने भएकाले महिला शसक्तिकरण काँग्रेसको प्राथमिकतामा परिरहेको बताउनुभयो ।

    महिला अधिकारका लागि काँग्रेसले र महिला संघले धेरै महत्वपूर्ण भूमिका खेलेको उहाँहरुले चर्चा गर्नुभयो । प्रतिष्ठानकी संस्थापक अध्यक्ष समेत रहेकी काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा डिला संग्रौलाले पार्टी र राज्यको निर्णायक तहमा महिलालाई ठाउँ दिन काँग्रेसले थप उदारता देखाउनु पर्नेमा जोड दिनुभयो ।

    उहाँले अहिले पाएका अवसरहरुलाई प्रभावकारी बनाउनु पर्ने तर्फ पनि सवैले ध्यान दिनु धारणा राख्नुभयो । महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष डा. संग्रौलाले आफुहरुले देशभरका महिलाहरुलाई जागरुक गराउन विभिन्न गतिविधिहरु गरिरहेको र थप योजनाहरु पनि बनाइएको जानकारी दिनुभएको थियो ।

    प्रतिष्ठानकी अध्यक्ष गंगा लक्ष्मी अवालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा महिला अधिकारकर्मी नम्रता शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अधिवक्ता विष्णु वस्यालले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा प्रतिष्ठानकी संस्थापक महासचिव तथा काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख हरि प्रभा खड्गी, प्रतिष्ठानका प्रदेश संयोजकहरुलगायतले स्थानीय सरकारमा महिला सहभागीता र उनीहरुको समस्या तथा भूमिकाका बारेमा समिक्षा गर्नुभएको थियो ।

     


    बुधवार, भाद्र १७ २०७७१०:१८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij