Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगको पत्र

समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगको पत्र

  • सोमवार, आश्विन १० २०७९

  • 558
    SHARES

  • समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगको पत्र

    काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ ।

    आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनिएको छ ।

    अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगका एक अधिकारीले जानकारी दिएका छन ।

    निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

    मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् ।


    सोमवार, आश्विन १० २०७९०६:५९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij