Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

  • आइतवार, आश्विन ९ २०७९

  • 619
    SHARES

  • निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

    राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गर्नुभएको हो।

    “राष्ट्रिय सुरक्षा परिषदको मिति २०७९ भदौ २७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९ भदौ २७ को पत्रको आधारमा सम्वत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     


    आइतवार, आश्विन ९ २०७९०५:२९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij