काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप्ने–नथप्ने भन्नेबारे बुधबार मात्र निर्णय हुने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे आज कुनै निर्णय नहुने बताउनुभयो ।
‘निशेधाज्ञाबारे आज कुनै निर्णय हुने छैन । बरु अब के गर्ने भन्नेबारे गृहकार्य थालिएको छ’, उहाँले भन्नुभयो ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै जारी गरिएको निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ ।
अनलाइन होमडेलिभरी सेवाको विषयमा पनि बुधबारै निर्णय हुने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण फैलिरहे पनि निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने दबाब बढ्दो छ । उद्योगी व्यवसायीहरुले त्यस्तो माग गरिरहेका छन् ।