Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात कम गर्ने बेला आयो : जनार्दन शर्मा

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात कम गर्ने बेला आयो : जनार्दन शर्मा

  • बिहिवार, आश्विन ६ २०७९

  • 911
    SHARES

  • पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात कम गर्ने बेला आयो : जनार्दन शर्मा

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ ।

    यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ । बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गर्दैछौं, यसका लागि राजस्व सचिवको नेतृत्वमा गठन भएको समितिले खाका बनाउने छ ।’ त्यसपछि सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने उहाँले जानकारी दिनुभयो ।

    अब नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ । नेपालको सन्दर्भमा करीव ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेको सन्दर्भ निकाल्दै अर्थमन्त्रीले १६८ अर्बको डिजेल आयात भएको तथ्यांक सुनाउनु भएको थियो ।

    यसले नेपालको डलर विदेशिएको भन्दै वातावरणीय प्रदुषण समेत बढाएको उल्लेख गर्नुभयो। अहिले विश्वभर ग्रिन अर्थतन्त्रको बहस चलिरहेको भन्दै अर्थमन्त्रीले तापक्रम बढ्न नदिने र प्रदुषणबाट उत्पन्न हुने समस्याबाट कसरी बच्ने भन्ने बहस सुरु भएको उल्लेख गर्नुभयो ।


    बिहिवार, आश्विन ६ २०७९०३:२०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij