Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको कदमले गठबन्धनको भागबण्डा प्रभावित

राष्ट्रपतिको कदमले गठबन्धनको भागबण्डा प्रभावित

  • बुधवार, आश्विन ५ २०७९

  • 701
    SHARES

  • राष्ट्रपतिको कदमले गठबन्धनको भागबण्डा प्रभावित

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट भागबण्डाको छलफल प्रभावित भएको छ ।

    नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबाट उत्पन्न परिस्थितिका कारण बुधबारका लागि तय भएको छलफल प्रभावित भएको हो।

    गठबन्धनका शीर्ष नेताहरु राष्ट्रपतिको कदमपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच कसरी अघि बढ्ने भन्नेतर्फको छलफलका केन्द्रित भएपछि भागबण्डाको छलफल भने प्रभावित बनेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

    राष्ट्रपतिकै कदमका विषयमा कानुनविद्हरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले आजको ध्यान यतै केन्द्रीत भएकाले सिट बाँडफाँटलाई अन्तिम रुप दिन नसकिएको बताउनुभयो।

    यसअघि मंगलबार कार्कीले गठबन्धनभित्र सिट बाँडफाँटको अधिकांश विषय मिलेकाले बुधबार टुंगो लाग्ने बताउनुभएको थियो। अब यसबारे अर्को दिन बैठक बसेर निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् । बालुवाटारमा गठबन्धनसँगको छलफलमा कानुनविद्हरुले राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान सुझाव दिएका छन् ।

    सो क्रममा उनीहरुले संविधानले दिएको अधिकार र त्यो अनुसारको भूमिका राष्ट्रपतिले निर्वाह गर्न नसकेको भन्दै यस्तो सुझाव दिएका हुन् ।


    बुधवार, आश्विन ५ २०७९०७:२६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij