Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइँदै

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइँदै

  • बुधवार, आश्विन ५ २०७९

  • 533
    SHARES

  • डा. गोविन्द केसीलाई काठमाडौं ल्याइँदै

    काठमाडौं । सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका अनशनरत डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने हुनुभएको छ। डा. केसी आफ्नै खर्चमा ४स्४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आउने उहाँका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभयो ।

    काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै सरकारले प्रयास गरेको थियो ।

    त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो । तर १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं लैजान ‘जबरजस्ती गरे अपहरण गरेको ठहर्ने’ बताउँदै आएका थिए ।

    केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो ।


    बुधवार, आश्विन ५ २०७९०२:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij